उर्लाबारी । मोरङको उर्लाबारीकी युवा फर्वाड पूर्णिमा राईले राष्ट्रिय महिला फुटबल टिमबाट डेब्यु गरेकी छिन् । उनले पहिलो खेलमै आफ्नो दमदार प्रदर्शनले सबैको ध्यान तान्न सफल भएकी छन् ।
डेब्यु मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलमा पूर्णिमाले बल नियन्त्रण, ड्रिब्लिङ र फिनिशिङमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । पूर्णिमा यसअघि साफ यू–२० च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेपछि राष्ट्रिय स्तरमा चर्चाको शिखरमा पुगेकी थिइन् । मैदानमा उनको निडर खेल, छरितो मूभमेन्ट र आक्रामक फिनिशिङका कारण उनी ‘गोलमेसिन’ भनेर चिनिन्छिन् ।
एर्लाबारीको स्थानीय टिमबाट फुटबल यात्रा सुरु गरेकी पूर्णिमा अहिले राष्ट्रिय स्तरसम्मको प्रेरणादायी यात्रामा पुगेकी छन् । मेहनती, लक्ष्यमा अडिग र आत्मविश्वासी पूर्णिमा राई अहिले उर्लाबारी मात्र होइन, समग्र देशकै महिला फुटबलको नयाँ आशा बनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय