उर्लाबारी । दशैं र तिहारको अवसरमा आइजोन इन्टरनेटले सञ्चालन गरेको उपहार योजनाको बम्पर पुरस्कार उर्लाबारीका द्रोर्ण ढुंगेलले जित्नुभएको छ । ढुंगेलले ३२ इन्चको स्मार्ट टिभी जित्नुभएको हो ।
त्यस्तै, दोस्रो पुरस्कारअन्तर्गत लेखनाथ चौलागाई र राजेन्द्र चेम्जोङले १÷१ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्नुभएको छ । तेस्रो पुरस्कारमा ५ जनाले ६ महिनाको र १० जनाले सान्त्वना स्वरूप ३ महिनाको इन्टरनेट सेवा निःशुल्क पाएका छन् ।
आइजोन इन्टरनेटका प्रबन्धक निर्देशक नविन श्रेष्ठका अनुसार उपहार योजना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो,‘हामी सधैँ सबैका लागि भन्ने नाराका साथ कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएका छौं ।’ उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइजोन इन्टरनेटले हाल मोरङ, झापा र सुनसरीका विभिन्न शहर तथा गाउँमा सेवा विस्तार गरेको छ । हाल आइजोनका १० हजारभन्दा बढी ग्राहक रहेका छन् । निर्देशक श्रेष्ठका अनुसार, ‘गुणस्तरलाई प्राथमिकता दिँदै सहुलियत दरमा सेवा विस्तार गर्ने हाम्रो लक्ष्य हो ।’ आइजोन इन्टरनेटले सामाजिक उत्तरदायित्व अन्तर्गत उर्लाबारीका २० सामाजिक संस्थालाई निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय