दमक , देशमा जेन जी आन्दोलन पश्चात् उत्पन्न बिषम राजनीतिक परिस्थितीकाबीच नेकपा (एमाले) दमक नगर कमिटीको संयोजनमा दमकमा बृहत् मोटरसाइकल ¥याली सम्पन्न भएको छ ।

दमक नगर कमिटी अन्तर्गत जनसंगठन संयन्त्रको आयोजनामा नगर संयोजक बिवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त ¥यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिती रहेको थियो ।
¥यालीमा करिब १० वटा साना गाडी र ४५० वटा मोटरसाइकलसहित करिब ७०० जना कार्यकर्ताहरू सहभागी भएका थिए । ¥याली दमक–५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडिबाट सुरु भई सेतुमारी रोड, नगर पार्टी कार्यालय (पखेटे), शान्तिमार्ग, क्याम्पस मोड, खरखरे आम्दा रोड, फाल्गुनन्द चोक, पुरानो सब्जी बजार, शंखधर चोक र जेसीज चोक हुँदै आकाशे पुलमा पुगेर सम्पन्न भएको थियो ।
¥याली शुरु हुनु अघि दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै “जनतालाई डर र धम्की देखाएर शासन गर्ने शक्ति र सत्ता एमालेलाई स्वीकार्य छैन,” भन्दै पार्टी सधैं जनता, न्याय र शान्तिको पक्षमा रहने बताएका थिए। उनले नेकपा एमाले किसान, मजदुर र सर्वसाधारणका आवाज सुन्ने पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा जनताको निरन्तर साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।
¥यालीका क्रममा सहभागीहरूले ‘जनता, न्याय र शान्तिको पक्षमा नेकपा एमाले’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय