काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् ।
भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।
























