काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पूर्वमहासचिव घनश्याम भुसाल समूहले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ।

नयाँ दलको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)’ राखिएको छ भने चुनाव चिन्ह सूर्यमुखी फूल प्रस्ताव गरिएको हो।

दलका संयोजक राजकुमार कक्षपती (प्यूठान) र सह–संयोजक नन्दलाल बञ्जाडे (रुपन्देही) छन्।  पार्टीले २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ, जसमा सुस्मा राई, योगेन्द्र बस्नेत, निलम ढुंगेल, प्रकाश श्रेष्ठ, रेश्मा दुलाललगायत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय