मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ र ८ स्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रमा ठूलो संख्यामा हात्ती प्रवेश गरेको जानकारी प्राप्त भएको छ।
स्थानीयवासीका अनुसार करिब ३२ वटा हात्तीको समूह हाल उक्त सामुदायिक वन क्षेत्रमा प्रवेश गरेको हो। ती हात्तीहरू बुधबार साँझ करिब ७ बजे देखिएका हुन्।
हात्तीको हुल प्रवेश गरेसँगै स्थानीय बासिन्दा त्रसित बनेका छन्। गाउँपालिका र वन कार्यालयले सो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन र रातको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ।
सामुदायिक वनका पदाधिकारीहरूले स्थानीय सुरक्षाकर्मी र डिभिजन वन कार्यालयसँग समन्वय गरी हात्तीलाई वनतर्फ फर्काउने प्रयास भइरहेको जनाएका छन्।
यसअघि पनि सो क्षेत्रमा पटक–पटक भारततर्फबाट हात्तीको हुल प्रवेश गरी खेतबारी र घरमा क्षति पु¥याउने घटना दोहोरिँदै आएको थियो।
सावधानीका लागि सूचना जारी
मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गर्दै भनिएको छ ,“मावा नुनसरी सामुदायिक वन क्षेत्रमा हात्तीको ठूलो समूह प्रवेश गरेकोले सबै सर्वसाधारणले अत्यन्त होशियारी अपनाउन र आफ्नो सुरक्षामा विशेष ध्यान दिनुहोस्।”सुरक्षाकर्मीहरू हाल घटनास्थल वरिपरि निगरानीमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय