काठमाडौँ, निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको टुंगो लगाएको छ। आयोगले आज कार्तालिकाबारे टुंगो लगाउँदै माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारी मनोनयनको मिति तोकेको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकारले फागुनमा चुनाव गर्ने म्यान्डेट पाएको छ।























