उर्लाबारी । झापा जिल्ला अर्जुनधारा नगरपालिकाका वडा नम्बर ११ निवासी २६ वर्षीया छोरी आर्जु श्रेष्ठ विगत ६ महिनादेखि प्राणघातक क्यान्सर रोगसँग जुधिरहेकी छिन् ।
उनको झापास्थित बी एण्ड सी अस्पताल र भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो भने हाल भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचार भइरहेको परिवारले जनाएको छ । आर्थिक अभावका कारण उनको थप उपचारमा कठिनाइ भएको बताइएको छ ।
हाल उनको उपचारका लागि विभिन्न स्थानका युवाहरूले बचाउ अभियान सञ्चालन गरी आर्थिक सहयोग संकलन गरिरहेका छन् । परिवारले छोरीको उपचारका लागि सहयोग गरिदिन सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय