काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको तेस्रो दिन १२ दलले निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
आयोगमा दल दर्ता गराउनेमा राष्ट्रिय स्वाभिमान पार्टी, समावेशी समाजवादी पार्टी, राष्ट्रिय गौरव पार्टी, एकता नेपाल, नवनिर्माण पार्टी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यस्तै सर्वोदय पार्टी, स्वाभिमान पार्टी, राष्ट्रिय सनातन पार्टी नेपाल, समुन्नत नेपाल पार्टी, जनअधिकार पार्टी, न्यु न्यास्नलिस्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी रहेको छ ।
यसैगरी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ पार्टीले दल दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए । आयोगले मङ्सिर १ देखि १० गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।
बुधबारसम्म प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी बाहेक ठुला दल भनिएका नेपाली कांग्रेस र नेकपा एमालेले दल दर्ता गराएको छैन । तीन दिनमा जम्मा २९ पार्टीले दल दर्ता गराएका छन् ।























