उर्लाबारी। साथीभाई वा विद्यार्थी, गाउँटोल, राजनीतिक पार्टीलगायत ब्यक्तिहरु मिलेर रमाइलोका लागि वनभोज अथवा पिकनिक जाने गरिन्छ । यस्ता वनभोजभन्दा अलि फरक सोचले उर्लाबारीकी ममता आले र सविता धिमालले वनभोज कार्यक्रम आयोजना गर्नुभयो ।
एर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुका निम्ति उहाँहरुले वनभोज अथवा पिकनिकको आयोजना गर्नुभयो । शनिबार इटहरीको तालतैलयामा पिकनिक कार्यक्रम गर्नुभएको थियो । प्रत्येक बर्ष यो टिमले नमूना बाल गृहका बालबालिकाहरुका लागि वनभोज आयोजना गर्दै आउनु भएको छ । साथीभाई मिलेर वनभोज जानु भन्दा एक दिन भएपनि नमूना बाल गृहका बालबालिकाहरुलाई रमाइलो गराउने उद्देश्यले वनभोजको आयोजना गरिएको ममता आलेको भनाई छ । उहाँले प्रत्येक बर्ष यो वनभोजलाई निरन्तरता दिइने बताउनुभयो । गृहकी अध्यक्ष मीनादेबी बरालले बालबालिकाको रमाइलोका निमित्त दुई जना मिलेर विगत ९ बर्षदेखि वनभोज कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँको साथ र सहयोगले बालबालिकाको मुहारमा खुशी छाएको बताउनुभयो । जसमा उर्लाबारी–७ को पशुपति आमाबिले यातायातको ब्यवस्था मिलाइदिएको छ । पशुपति आमाबिका प्रिन्सिपल आनन्द कार्कीले सुरुवातदेखि नै वनभोजका लागि निःशुल्क यातायातको ब्यवस्था मिलाउँदै आउनुभएको छ । यस बर्ष पिकनिकका लागि उर्लाबारी–७ स्थित जेबीएनएस एजुकेशन कन्सल्टेन्सीका सञ्चालक बबिन्द्र आचार्य र मिलन फाउण्डेशनका सञ्चालक दुर्गा गुरुङ (मिलन)ले पनि सहयोग गर्नुभएको छ । झापा र मोरङका अधिकांश पर्यटकीय स्थलहरुमा बाल गृहका बालबालिकाहरुलाई वनभोजका लागि लगिसकेको सहयोगी सविता धिमालले बताउनुभयो । त्यसैले यस पटक सुनसरीको तालतलैयामा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय