उर्लाबारी । नेपाली कम्युनिष्ट पार्टी उर्लाबारी नगर कमिटीको बैठक बसेर यही मंसिर १५ गते विराटनगरमा हुने एकता सन्देश सभा सफल बनाउन आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ ।
बैठकमा नेता मानबहादुर श्रेष्ठ, दिनेश फुयाललगायत नेताहरूको सक्रिय सहभागिता थियो । बैठकमा सहभागीहरूले पार्टी एकता र संगठन सुदृढीकरणका लागि विराटनगरमा हुन लागेको सभालाई महत्वपूर्ण मोडका रूपमा लिँदै सबै कार्यकर्तालाई तयार रहन आग्रह गरेका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्र उर्लाबारीका उपाध्यक्ष खगेन्द्र पराजुलीको सभापतित्व र सचिव पवन चौधरीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा तत्कालिन माओवादी तथा एकीकृत समाजवादीका पदाधिकारीहरूसहित माथिल्लो कमिटीका नेताहरूको उपस्थिति उल्लेखनीय थियो । बैठकले एकता सन्देश सभालाई ऐतिहासिक र प्रभावकारी बनाउन सबै तहका कमिटी र कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने निष्कर्ष निकालेको छ ।
सभामा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह–संयोजक माधब नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय