उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित एन्जल फाउन्डेशनले कोशी प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमलाई स्वागत तथा सम्मान गरेको छ ।
सामाजिक सेवामा क्रियाशील संस्थाले फरिस्ता क्लिनिक परिसरमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री गौतमलाई खादा, बुके र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष पुनम राजवंशी, प्रमुख कार्यकारी अधिकृत जीवनसिं राजवंशी, संरक्षक सुरेन्द्र सेर्मालगायत पदाधिकारी तथा स्थानीय सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् ।
सम्मान ग्रहणपछि बोल्दै राज्यमन्त्री गौतमले प्रदेशको शान्ति–सुरक्षा, सुशासन र नागरिक अधिकारको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उर्लाबारी–७ मा मुख्य कार्यालय रहेको एन्जल फाउन्डेशनले ग्रामीण भेग तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । फरिस्ता क्लिनिकसँगको सहकार्यमा मोरङ बाहिर महोत्तरीको बर्दिबास, बाराको डुमरवाना र चितवनको राप्ती भण्डारामा समेत सेवा विस्तार गरिएको प्रमुख कार्यकारी जीवनसिं राजवंशीले जानकारी दिनुभयो । स्वास्थ्य सेवासँगै संस्थाले ट्राफिक सचेतना, सरसफाइ अभियान र सामुदायिक जागरणका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय