उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उर्लाबारी चौकमा राष्ट्रिय एकता दिवस तथा ३०४ औँ पृथ्वी जयन्ती विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।
राप्रपा उर्लाबारी नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल एकीकरणका अभियन्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान स्मरण गरिएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै वक्ताहरूले राष्ट्र निर्माणमा उनको ऐतिहासिक भूमिकाको चर्चा गरेका थिए । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता जोगाउने जिम्मेवारी सबै नेपालीको साझा दायित्व भएको उनीहरूको भनाइ थियो । वर्तमान सन्दर्भमा राष्ट्रिय एकताको भावना अझ मजबुत बनाउन पृथ्वी जयन्तीको महत्व झनै बढेको वक्ताहरूले उल्लेख गरेका छन् ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य होम गौतम, प्रदेश कमिटी कोषाध्यक्ष पूर्ण वाइबा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङका जिल्ला संयोजक प्रतीक आचार्यलगायतको उपस्थिति रहेको थियो । राप्रपा उर्लाबारी नगर अध्यक्ष देवीप्रसाद दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रम क्षेत्रीय सचिब एल्बिन भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय