उर्लावारी । फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनामा मोरङ क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । उर्लावारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र गरी कुल १८ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको प्रारम्भिक सूची अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्प्युनिष्ट पार्टी जस्ता ठूला दलसँगै नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ ।
मोरङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिने उम्मेदवार र उनीहरूको पार्टी:
१. ईश्वर बराल – स्वतन्त्र
२. कुल प्रसाद साम्वा – नेपाली कम्युनिष्ट पार्टी
३. खड्ग बहादुर फागु – नेपाली कांग्रेस
४. घनश्याम खतिवडा – नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) – एमाले
५. डिल्ली राम नेपाली – नेकपा (माओवादी केन्द्र)
६. डिल्ली राम लिम्बू – मितेरी पार्टी नेपाल
७. दिल कुमारी लावती – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
८. दुर्गा कुमारी तामाङ – राष्ट्रिय परिवर्तन पार्टी
९. दुर्गा प्रसाद प्रसाईं – जनता समाजवादी पार्टी, नेपाल
१०. पशुपति घिमिरे – स्वतन्त्र
११. पूर्ण बहादुर वाइवा तामाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
१२. प्रेम वाइवा – स्वतन्त्र
१३. भीम राज लिम्बू – नेपाल जनमुक्ति पार्टी
१४. मिलन भण्डारी – स्वतन्त्र
१५. यज्ञमणि न्यौपाने – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१६. यम प्रसाद दाहाल – स्वतन्त्र
१७. शान्ति पाख्रिन लामा – आम जनता पार्टी
१८. सुरज लिम्बू – मंगोल नेशनल अर्गनाइजेसन























