आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीको तर्फबाट शान्ति पाख्रिनले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी छन्।

मंगलबार दिउँसो उर्लाबारी–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थितिमा पाख्रिनले उम्मेद्वारी दर्ता गराएकी हुन्।

उम्मेद्वारी दर्तापछि पाख्रिनले श्रमको सम्मान, सामाजिक न्याय र जनजीवनसँग जोडिएका मुद्दालाई आफ्नो प्रमुख एजेन्डा बनाइने बताइन्। मोरङ–१ का नागरिकको हकहित र स्थानीय विकासका लागि इमानदार र जवाफदेही राजनीति गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

श्रम संस्कृति पार्टीले श्रमिक, किसान र आम नागरिकको आवाज संसदसम्म पुर्‍याउने उद्देश्यसहित निर्वाचनमा सहभागिता जनाएको बताएको छ। पाख्रिनको उम्मेद्वारीसँगै मोरङ क्षेत्र नम्बर १ मा निर्वाचनको सरगर्मी थप बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय