उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगर समितिको बृहत नगर भेलाले नगर सभापति सुरेन्द्र लिम्बुको संयोजकत्वमा १००१ सदस्यीय नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

समितिको सह–संयोजकमा दिपेन्द्र धिमाल र राम तिम्सिना तथा सचिवमा नारायणप्रसाद आचार्य चयन भएका छन्। भेलाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउने, घर–घरमा कांग्रेसको नीति र कार्यक्रम पुर्‍याउने तथा प्रभावकारी चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

भेलामा वक्ताहरूले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिँदै उर्लाबारी नगरभित्र कांग्रेसको आधार थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, नेपाली कांग्रेसले मोरङ क्षेत्र नं. १ बाट खड्ग फागोलाई प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनाएको छ। पार्टीले फागोलाई विकास, सुशासन र जनमुखी एजेन्डासहित मैदानमा उतारेको जनाएको छ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय