उर्लाबारी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ निर्वाचन क्षेत्र नम्बर १ ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रभित्रका चारै पालिकामा निर्वाचन कार्यालय उद्घाटन गरेको छ।

राप्रपाले उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीमा निर्वाचन कार्यालय उद्घाटन गरेको हो। मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पूर्णबहादुर वाइबाले चारै पालिकामा पुगेर कार्यालय उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य होम गौतम, जिल्ला उपाध्यक्ष धर्मराज शाक्यलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार वाइबाले देशमा मौलिकता, राष्ट्रियता र सुशासनको पक्षमा राप्रपाले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
“अब देशलाई सही दिशामा लैजान इमानदार र राष्ट्रवादी शक्तिको आवश्यकता छ। त्यसका लागि हलो चिन्हमा मतदान गरेर मलाई विजयी गराइदिनुहुन सम्पूर्ण मतदातामा हार्दिक अपिल गर्दछु।” वाइबाले मोरङ क्षेत्र नं. १ का जनताको समस्या नजिकबाट बुझेर समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास, पहिचान र जनताको अधिकारका लागि आफू सदैव अग्रपंक्तिमा रहने पनि बताउनुभयो। राप्रपाले निर्वाचन कार्यालय उद्घाटनसँगै घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय