मोरङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल)लाई विजयी गराउने उद्देश्यले उर्लाबारी नगर स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

उर्लाबारीमा आयोजित भेलाले गजेन्द्र दंगालको अध्यक्षतामा ५०१ सदस्यीय नगर स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सह–संयोजकमा चन्द्र राई तथा सदस्य सचिवमा पवन चौधरी रहनुभएको छ । कमिटी गठनसँगै चुनावी अभियानलाई प्रभावकारी बनाउन १० वटा विभिन्न उपसमितिहरू समेत गठन गरिएको जनाइएको छ । ती उपसमितिहरूले घरदैलो, प्रचार–प्रसार, मतदाता समन्वय, व्यवस्थापन तथा अनुगमनलगायतका कामलाई तीव्रता दिने बताइएको छ ।

कमिटीका संयोजक गजेन्द्र दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव चिन्ह “तारा” मा मतदान गरी कुलप्रसाद साम्बा (कुशल)लाई विजयी गराउन उर्लाबारीवासी मतदातासँग आग्रह गर्नुभएको छ । भेलामा सहभागी वक्ताहरूले पार्टीको नीति, सिद्धान्त र उम्मेद्वार साम्बाको इमानदार छविका कारण मोरङ–१ मा सकारात्मक जनसमर्थन बढ्दै गएको दाबी गर्दै एकताबद्ध भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय