मोरङ निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्ण बहादुर वाईबा घरदैलो अभियानलाई तीव्रता दिँदै मिक्लाजुङ गाउँपालिका पुगेका छन्।

वाईबाले मिक्लाजुङ गाउँपालिका–९ लगायत आसपासका क्षेत्रमा मतदातासँग भेटघाट तथा अन्तरसंवाद गर्दै आसन्न फागुन २१ गते हुने निर्वाचनमा हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। घरदैलोका क्रममा उनले पार्टीका राष्ट्रिय एजेन्डासँगै निर्वाचन क्षेत्रको विकासका सम्भावनाबारे आफ्नो मार्गचित्र प्रस्तुत गरेका थिए।

भेटघाटका क्रममा स्थानीयवासीका चासो, समस्या र सरोकारका विषयमा राय–सुझाव लिँदै वाईबाले जनताको मतमार्फत परिवर्तन र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अभियानमा सहभागी स्थानीय बासिन्दाहरू उम्मेदवारप्रति सकारात्मक र उत्साहित देखिएको अभियान टोलीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय