उर्लाबारी । मोरङको उर्लाबारी–८ अठियाबारीमा रहेको न्यू भिजन एकाडेमी निजी विद्यालयहरुमध्ये अब्बल सावित हुँदै गएको छ । अभिभावक र विद्यार्थीहरुको रोजाईमा न्यू भिजन पर्ने गरेको छ ।
शान्त शैक्षिक वातावरण, शैक्षिक क्रियाकलापमा अब्बल, बालमैत्री कक्षा कोठाको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाको व्यवस्था, मन्टेश्वरी पद्धतिमा पठनपाठनको व्यवस्था, बालबालिकाको चौतर्फी विकासमा विशेष पहल, शैक्षिक क्रियाकलापका लागि पर्याप्त शैक्षिक साधनको व्यवस्था, अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, शैक्षिक भ्रमणको व्यवस्था, अनुसाशित वातावरणमा विशेष ध्यान, पर्याप्त खेल मैदान, बालमैत्री सवारी साधनको ब्यवस्था, स्तरीय तथा स्वच्छ चमेनागृहको व्यवस्था, पर्याप्त खेलकुदका सामाग्रीको ब्यवस्था, स्तरीय शैक्षिक ल्याबको ब्यवस्थाका कारण पनि विद्यार्थीहरुको रोजाई न्यू भिजन बनिरहेको छ ।
विद्यालयहरुको भीडमा नयाँ सोच र योजनाको साथमा आफूलाई फरक रुपमा न्यू भिजन प्रस्तुत भइरहेको छ । नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयमा ४ सय ५० बढी विद्यार्थीहरुले अध्ययन गर्दै अएका छन् । विद्यार्थीहरुलाई कसरी संस्कारयुक्त बनाउने र विद्यालयमा प्रदान गरिने व्यवहारिक शिक्षाले उनीहरुले आफ्नो भविष्य सुरक्षित बनाउने गरी विद्यालयले नयाँ योजनाहरुको साथमा काम गर्दै आएको विद्यालयका प्रिन्सिपल अजित भट्टराईले बताउनुभयो ।
टाढाका विद्यार्थीका लागि दुई वटा स्कूल बसको व्यवस्था गरिएको छ । यसको साथै विद्यालयले बालबालिकाहरुमा रहेको अन्तरनिहित क्षमताको विकास गर्नका लागि खेलकुद, कला, साहित्य, सिर्जनाका क्षेत्रमा पनि अगाडि बढाउने क्रियाकलाप गर्दै आएको छ । विभिन्न स्थानमा भएका कार्यक्रमहरु उत्कृष्ट प्रदान गर्दै आएका छन् । विद्यालयले अभिभावकहरुसँग पनि आत्मियता बढाउने गरी विभिन्न चाडपर्वहरुमा कार्यक्रम गर्दै आएको छ । कुशल व्यवस्थापक, दक्ष, तालिमप्राप्त शिक्षकशिक्षिका रहेको न्यू भिजनमा शैक्षिक क्षेत्रमा फड्को मारिरहेको छ । त्यसैकारण पनि न्यू भिजन विद्यार्थी र अभिभावकहरुको रोजाई बनिरहेको छ ।

May be an image of ‎eyeglasses and ‎text that says '‎NEW VISION ACADEMY Urlabari-8, Morang. Announce Admission Open From Nursery to Class-9. Our Features Hygienic Food Interactive Atmosphere re Good Infrastructure Quality education ھ Small Class Size Individual Education Plans Loving and Caring Environments ENROL now Contact 9841333476; 9842348407‎'‎‎

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय