गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको मोरङको उर्लाबारी–७ को नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल बनेको छ ।
२०७७ सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा उर्लाबारीका निजी विद्यालयहरुको तुलनामा अब्बल सावित बन्दै गइरहेको छ । विद्यालय स्थापना कालमै कोरोना भाइरसको संक्रमण फैलिएपनि त्यसलाई सामना गर्दै नेपाल आदर्श अघि बढ्यो । त्यसैको प्रतिफल अहिले उर्लाबारी क्षेत्रमा गनिएको शैक्षिक संस्थाका रुपमा आफुलाई उभ्याउन सफल पनि भएको छ । उक्त विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । नेपाल आर्दशले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । यस विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणलगायत सञ्चालन हुँदै आएको छ भने खेलकुद, गायन, नृत्यलगायतका कक्षा सञ्चालन हुँदै आएको छ ।
पूर्व प्राथमिक तहमा मन्टेस्वरी विधिबाट अध्यापन, दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको विद्यालयका प्रिन्सीपल सविना खड्का कार्कीले जानकारी दिनुभएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको उहाँको भनाई छ । स्कुलले बालबालिकालाई आफ्नो प्रतिभा तिखार्नेसँगै नयाँ प्रतिभाको जन्म दिने कामममा विशेष काम गर्ने गरेको पनि उहाँले बताउनुभयो । बिद्यार्थीहरुको प्रतिभालाई अभिवृद्धी गर्न विद्यायल प्रयत्नशील रहेको उल्लेख गर्दै उहाँले बालबालिकाहरुको नियमित र अतिरिक्त क्रियाकलापमा जोड दिइरहेको बताउनुभयो । दैनिक पढाई लेखाईका अलावा अतिरित्त क्रियाकलापलाई मध्यनजर गरेर, शैक्षिक उन्नयनको अभिन्न अंग मान्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको सञ्चालक प्रकाश कार्कीले जानकारी दिनुभयो । विद्यालयले त्रैमासिक तथा वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई क्रमशः सतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशतको ब्यवस्था मिलाएको छ भने गरिब, जेहेन्दार, सिमान्तकृत तथा राज्यले तोकिए वमोजिमका छात्रवृत्ति उपलब्ध गराइएको छ । विद्यालयले शिक्षक कर्मचारीका छोराछोरीलाई सतप्रतिशत छुटको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय