मोरङ । मिक्लाजुङ गाउँपालिकामा पालिका अध्यक्ष बाहिर गएपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिइएको छ ।
पालिका अध्यक्ष बबीकुमार राई काठमाडौं गएको र उपाध्यक्ष दिनेश पौडेल पनि पालिका बाहिर रहेकाले मिक्लाजुङ–९ का वडाध्यक्ष सेमन्तराज दाहाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । जेष्ठताको आधारमा उक्त जिम्मेवारी दिइएको पालिकाले जनाएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै अनुपस्थित रहेको अवस्थामा दैनिक प्रशासनिक कामकाज र सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले वडाध्यक्ष दाहाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष बबीकुमार राईले जानकारी दिनुभयो । कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेसँगै दाहालले पालिकाको नियमित सेवा, विकास निर्माणका काम तथा प्रशासनिक गतिविधिहरूलाई निरन्तरता दिने जनाइएको छ ।























