उर्लाबारी । मोरङको उर्लाबारी–४ निवासी हाल हङकङमा रहनुभएकी समाजसेवी रामकुमारी हाङ्स्रोङ (युन्छोमा) आङ्बुहाङले बिरामी फुटबल खेलाडी सनम विकको उपचारार्थ सञ्चालन भइरहेको “सनम विक बचाउ अभियान” मा १० हजार सहयोग गर्नुभएको छ ।
बोनम्यारोसम्बन्धी गम्भिर रोगसँग जुधिरहनुभएका विकको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । यसै क्रममा आङ्बुहाङले परदेशमै रहेर पनि मानवीय संवेदनालाई प्राथमिकता दिँदै आर्थिक सहयोग गर्नुभएको अभियानका संयोजक सुशन लिम्बस्ले जानकारी दिनुभयो । अभियानमार्फत संकलित रकम विकको उपचारमा खर्च गरिने जनाइएको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका विकलाई सहयोग पु¥याउन विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन् । अभियानले सहयोगी हातहरू बढ्दै जाँदा विकको उपचारमा थप आशा जागेको सदस्य राजिब लिम्बूले जानकारी दिनुभयो । उहाँले सहयोग प्रदान गर्ने सम्पूर्ण दाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।























