उर्लाबारी । पूर्वी नेपालमा होटल म्यानेजमेन्ट शिक्षाप्रति युवाहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ । बदलिँदो समयसँगै रोजगारीका नयाँ अवसर खोज्ने युवापुस्ताका लागि यो विषय लोकप्रिय बन्दै जाँदा, गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रूपमा डि इस्टर्न एमपायर कलेज अफ होटल म्यानेजमेन्ट स्थापित हुँदै आएको छ ।
मोरङको उर्लाबारी–७ मा अवस्थित यस कलेजमा झापा, मोरङ, इलाम र सुनसरी जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । करिब आठ वर्षअघि केवल ३ जना विद्यार्थीबाट सुरु भएको यो कलेजमा हाल १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ६ सयभन्दा बढीले यहाँबाट अध्ययन पूरा गरी देश तथा विदेशमा सफल करियर बनाइरहेका छन् ।
कलेजले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपमा विशेष जोड दिएको छ । होटल म्यानेजमेन्टका आधारभूत विषयका प्राक्टिकल कक्षासँगै बेकरी, बारिस्ता, बारटेन्डिङ, फ्लावर डेकोरेशन, प्राथमिक उपचार तथा व्यक्तित्व विकास जस्ता अतिरिक्त तालिमहरू पनि प्रदान गरिँदै आएको छ । यसले विद्यार्थीलाई व्यावसायिक रूपमा सक्षम र आत्मविश्वासी बनाउने लक्ष्य राखेको छ ।
विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै यातायात (गाडी) सेवा समेत उपलब्ध गराइएको छ, जसले टाढाबाट आउने विद्यार्थीलाई सहजता प्रदान गरेको छ । होटल म्यानेजमेन्ट विषयले सिर्जनात्मकता, जिम्मेवारी बोध र बहुसांस्कृतिक ज्ञान विकास गर्ने अवसर दिन्छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा करियर बनाउने ढोका खोल्ने, राम्रो आम्दानी गर्ने र विभिन्न क्षेत्र—होटल, रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, विमान कम्पनी, एयरपोर्ट, टुरिस्ट गाइड तथा ट्राभल एजेन्सी—मा रोजगारीका सम्भावना सिर्जना गर्ने प्रमुख माध्यम बनेको छ । यस कलेजबाट अध्ययन गरेका विद्यार्थीहरूको माग स्वदेश मात्र होइन, विदेशमा समेत उच्च रहेको तथ्यले यसको गुणस्तर र विश्वासनीयता झल्काउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय