उर्लाबारी । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा उर्लाबारीस्थित अरनिको हस्पिटलले ६१ जना श्रमिकलाई निःशुल्क टिटानस (टीटी) खोप प्रदान गरेको छ । अटोमोबाइल, ग्रील उद्योग तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू दैनिक रूपमा चोटपटकको उच्च जोखिममा रहने भएकाले टिटानसजस्तो प्राणघातक रोगको सम्भावना बढी हुने गर्दछ ।

सोही जोखिमलाई मध्यनजर गर्दै हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममार्फत ६१ जना श्रमिकलाई निःशुल्क टीटी खोप लगाइएको हस्पिटलले जनाएको छ । बार्षिक रुपमा निःशुलक खोप लगाइने छ । हस्पिटलका अध्यक्ष लोलिम पोमुले श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले श्रमिकलाई रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि समुदायको हितमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय स्तरमै सञ्चालन गरिएको यस्तो कार्यक्रमले श्रमिकहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै जोखिम न्यूनीकरणमा सकारात्मक योगदान पु¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय