उर्लाबारी । मोरङको उर्लाबारी–५ स्कुलडाँडामा अवस्थित अरनिको हस्पिटल प्रालिले आफ्नो १२औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व र प्रेरणादायी कार्यक्रमसहित मनाएको छ ।

स्थापना दिवसको अवसर पारेर अस्पतालले राष्ट्रिय स्तरमा पदक जितेका तथा हाल सञ्चालन भइरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी एथलेटिक्स खेलाडीहरुलाई खेल सामग्री वितरण गरेको हो ।

कार्यक्रममा धावक मन्दिरा महतरा र डम्बर पौडेललाई रनिङ सुज तथा ट्र्याकसुट प्रदान गरिएको थियो । त्यस्तै कमला महतरा, सन्देश तामाङ, पूजा महतरा र एनिसा धिमाललाई ट्र्याकसुट हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्बुले खेलाडीहरुलाई सामग्री हस्तान्तरण गर्दै युवाहरुको प्रतिभा उजागर गर्न र खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न अस्पतालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

स्थापना दिवसकै अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा उमेश सिंह, अनिसा राई, सरस्वती घिमिरे र धनबाला राई रहेका छन् ।

स्वास्थ्य सेवा मात्र नभई खेलकुद, युवा प्रोत्साहन र कर्मचारीको मनोबल वृद्धि गर्ने कार्यमा समेत सक्रिय बन्दै आएको अरनिको हस्पिटलले स्थापना दिवसलाई समाजसँग जोडिएको उत्सवका रूपमा मनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय