उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनमा सम्पन्न मतगणनाअनुसार भरत कडेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा भरत कडेलले २८३ मत प्राप्त गर्दै विजयी हुँदा कोषराज खनालले १३४ र सागर फुयालले ५६ मत प्राप्त गरेका थिए।
त्यसैगरी सचिव पदमा दिवस नेपाल १३० मतसहित निर्वाचित भएका छन्। सचिव पदका अन्य उम्मेदवारहरूमा ई. सुरेश श्रेष्ठले १२४, बुद्धिनाथ अधिकारीले ११९ तथा कुमार खुलालले १०३ मत प्राप्त गरेका थिए।
सह–सचिव पदमा सिर्जना गिरी ३२३ मतसहित विजयी भएकी छन् भने सन्तोष सिंहले १४६ मत प्राप्त गरेका थिए।
सदस्य पदमा ओम प्रकाश श्रेष्ठ (२५७), भावना बस्नेत श्रेष्ठ (२९४), युवराज ओझा (२५८) र लक्ष्मी श्रेष्ठ (१९६) निर्वाचित भएका छन्। सदस्य पदका अन्य उम्मेदवारहरूमा प्रमेश्वर साहले १८१, महेश कुमार खनाल (कृष्ण) ले १५७ तथा युवराज कार्कीले १५७ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय