उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–८ वडा कार्यालयले वडावासीलाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ ।
पछिल्लो समय खाना पकाउने ग्यासको अभावबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले मंगलबारदेखि चुलो वितरण कार्यक्रम सञ्चालन गरिएको हो । वडाध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार पहिलो चरणमा १२८ परिवारलाई विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले विद्युतीय चुलोको प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा हुने निर्भरता कम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘देशको पैसा देशभित्रै राख्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नागरिकलाई सहज र किफायती रूपमा खाना पकाउने व्यवस्था उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,’ वडाध्यक्ष कुँवरले बताउनुभयो । उहाँले आगामी चरणमा वडाका सबै घरपरिवारसम्म विद्युतीय चुलो पु¥याउने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।
वडा सचिव मञ्जु पाण्डेले विद्युतीय चुलो वितरण कार्यक्रमले नागरिकलाई ग्याँस अभावका बेला वैकल्पिक व्यवस्था उपलब्ध गराउनुका साथै विद्युत् ऊर्जाको प्रभावकारी उपयोगमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार वडाले स्थानीयवासीको आवश्यकता र मागलाई ध्यानमा राख्दै कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ ।
चुलो प्राप्त गरेका वडावासीहरूले अनुदानमा विद्युतीय चुलो पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरूले ग्यासको बढ्दो मूल्य र आपूर्तिमा देखिने समस्याका बीच विद्युतीय चुलो घरायसी जीवनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय