कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकाको २१औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नामले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट गाउँसभाबाट सार्वजनिक गरिएको जानकारी दिएकी छन्। बजेटमार्फत गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य लिएको जनाएको छ।
गाउँसभामा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममाथि छलफल गर्दै बजेट पारित गरिएको थियो। स्थानीय विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।सो अवसरमा सम्मान समेत गरिएको थियो























