विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघसंस्थाले निर्माण गरेका संरचना हटाउने अभियान सुरु गरिएको छ।
अस्पताल परिसर अतिक्रमण गरी बनाइएका भवन तथा अन्य संरचना भत्काउन सोमबार बिहानदेखि तीनतर्फबाट डोजर परिचालन गरिएको हो। अस्पतालको मुख्य प्रवेशद्वार अगाडिको क्षेत्र, अस्पताल चोक तथा दक्षिण–पूर्वतर्फको देवकोटा चोकबाट एकैसाथ डोजर चलाएर संरचना हटाउने काम थालिएको छ।
अस्पतालको स्वामित्वमा रहेको सार्वजनिक जग्गा खाली गराई स्वास्थ्य सेवा विस्तार तथा अस्पतालको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्ने उद्देश्यले अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
संरचना हटाउने क्रममा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ। अभियानका क्रममा थप संरचनासमेत हटाइने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय