उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारी नगर समितिको सभापतिमा सुरेन्द्र लिम्बू पुनः सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर अधिवेशनबाट लिम्बू दोस्रो कार्यकालका लागि नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनबाट उपसभापतिमा राजन रायमाझी र विमला सुन्दास दर्जी, सचिवमा दीपक भट्टराई तथा सहसचिवमा मदनबाबु प्रसाई निर्विरोध निर्वाचित भएका छन्। नगर समिति सदस्यमा वडा नम्बर १ बाट राधिका सुवेदी र विष्णुकुमार बस्नेत, वडा नम्बर २ बाट सिमला लावती, वडा नम्बर ३ बाट मञ्जु भुजेल र कविता विश्वकर्मा, वडा नम्बर ४ बाट केशव भट्टराई र अप्सरा दाहाल चयन भएका छन्। त्यस्तै, वडा नम्बर ५ बाट रामकुमारी वि.क. र गीतादेवी घिमिरे, वडा नम्बर ६ बाट माया धिमाल र सुरेश राई, वडा नम्बर ७ बाट निर्मला चौहान र टिका सुन्दरी खुलाल, वडा नम्बर ८ बाट प्रेम लिम्बू र कविता धिमाल तथा वडा नम्बर ९ बाट ललिता पोमू लिम्बू र ओमबहादुर राई नगर सदस्यमा चयन भएका छन्।

खुला सदस्यतर्फ मनिष गौतम, रमिता सुवेदी र कुलबहादुर बस्नेत, खुला महिलातर्फ कोपिला कार्की र अमृता गिरी, युवातर्फ विवेक खतिवडा र सुनिता बानियाँ तथा दलिततर्फ पवित्रा विश्वकर्मा चयन भएका छन्। यसैगरी उर्लाबारी भूगोलबाट जिल्ला सदस्यमा ज्योति थापा र दिलकुमारी लामा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय