उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेललाई आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ ।
पौष २७ गते सोमबार विहान विद्यार्थीलाई चुरोट नखानू भनेर सामान्य झापड हान्दाको विषय लिएर विद्यालयमा कक्षा १२ अध्ययनरत निश्चल गुरुङलगायतको समूहले आक्रमण गरेका थिए । कोकको बोतल, ढुंगा तथा रडले प्रधानाध्यापक पोख्रेललाई आक्रमण गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आक्रमणका मुख्य योजनाकार गुरुङसहितलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । विद्यालयमा कक्षा १२ अध्ययनरत गुरुङले गेट अगाडी चुरोट खाइरहेका थिए । त्यही बेला प्रधानाध्यापक पोख्रेलले गुरुङलाई चुरोट नखा भनेर सम्झाएका थिए । सोही विषयमा लिएर नियोजित रुपमा प्रधानाध्यापक पोख्रेलमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न अन्य २ जना फरार रहेको जनाइएको छ । गुरुङ कक्षा राधिका माविमा कमर्स अध्ययनरत छात्र हुन् । घाइते प्रधानाध्यापक पोख्रेलको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचार भइरहेको छ । यसैबीच उक्त घटनालाई लिएर विद्यालय कर्मचारी परिषद् उर्लाबारी, एनअनेशि संगठन, नेपाल शिक्षक संघ, ने.रा.शि. संगठन उर्लाबारी नगर समितिले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै घटनाको घोर भत्सर्ना गरेको छ । उनीहरुले उक्त घटनामा संलग्नलाई हदैसम्मको कारबाही र फरारहरुलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न अपिल समेत गरेका छन् । यसैबीच पूर्व विद्यार्थीहरुले समेत दोषीलाई हदैसम्मको कार्वाही नगरी उन्मुक्ति दिने चलखेल भए त्यसका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय