उर्लाबारी /मोरङको उर्लाबारी–४ आदर्शटोलमा क्रियाशील पाथिभरा भजन कीर्तन मण्डलीले सामाजिक तथा धार्मिक कार्यलाई निरन्तरता दिँदै खाद्यान्न सहयोग गरेको छ। मण्डलीले उर्लाबारी–६ स्थित सिद्धेश्वर बाबा धाममा सञ्चालनमा रहेको गुरूकुल शिक्षा पाठशालाका विद्यार्थीहरूलाई विभिन्न खाद्यान्न सामग्री वितरण गरेको हो।
मण्डलीका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा गुरूकुलमा अध्ययनरत २३ जना विद्यार्थीलाई दैनिक उपभोग्य सामानहरु चिनि, तेल, दाल, चिउरा, भुजा, आलु लगायतका अत्यावश्यक खाद्यान्न सामग्री करिव १५ हजार रुपैया बराबरको सामान प्रदान गरिएको हाे। यसै क्रममा सो भजन मण्डलीकी सदस्य रेनु भट्टराई का ससुराबुबा स्व. ज्याेतिखर भट्टराईको पुन्यतिथिको अवसरमा ११ सय रुपैया पाठशालालाई प्रदान गरियो। जन्मदिन, स्मृतिदिवस तथा तिथि श्राद्धमा सहयोग गर्न सकिने धामका पूर्व अध्यक्ष गजेन्द्र दंगालले वताउनु भयो।
कार्यक्रममा मण्डलीकी अध्यक्ष रूकमिणी भट्टराई, सचिव रेनुका भट्टराई, सल्लाहकारहरू जगन्नाथ भट्टराई र प्रेम निरौला लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, धामका तर्फबाट अध्यक्ष पदम रिजाल, पूर्व अध्यक्ष दुर्गाप्रसाद खतिवडा ,गजेन्द्र दंगाल,गुरुकुलका अध्यक्ष भक्तिप्रसाद पोख्रेल, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी लगायतको सहभागिता रहेको थियो।पाठशालाका गुरु र विध्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम भएको हो।
मण्डलीले हलेसीधाम दर्शनका क्रममा बचेको रकममा थप रकम जुटाई उक्त सहयोग प्रदान गरेको बताइएको छ। यसअघि पनि मण्डलीले विभिन्न मठ–मन्दिर तथा धार्मिक संस्थाहरूमा सहयोग गर्दै आएको छ।
वि.सं. २०६४ सालमा स्थापना भएको पाथिभरा भजन कीर्तन मण्डलीले गाउँमा धार्मिक जागरण फैलाउने उद्देश्यका साथ नियमित रूपमा भजन–कीर्तन तथा सामाजिक सेवामूलक कार्यहरू गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय