उर्लाबारी । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गइरहेको छ । गाउँदेखि केन्द्रसम्म पार्टीको नेतृत्व लिन चाहने आकांक्षीहरुले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
कांग्रेस उर्लाबारी नगरदेखि वडासम्म नेतृत्वका लागि होडबाजी चलिरहेको छ । यस पटकको नगर र वडा अधिवेशनबाट युवाहरु नेतृत्वमा आउन जोडबल गरिरहेका छन् भने केही वर्तमान सभापतिहरु नै फेरि दो¥याउन चाहेका छन् ।

यसैक्रममा उर्लाबारी वडा नं. ९ का वर्तमान सभापति प्रकाश कन्दङ्वा लिम्बू पुनः वडा सभापतिमा दोहो¥याउने तयारीमा हुनुहुन्छ । युवा नेताको छबी बनाउनु भएका लिम्बू निःस्वार्थ रुपमा पार्टीको हितमा खटिँदै आउनु भएको छ । साविकको राजघाट हाल उर्लाबारी वडा नं. ८ र ९ मा कांग्रेस कमजोर अवस्थामा रहेको कांग्रेसलाई अहिलेको अवस्थामा दर्बिलो बनाउन लिम्बूलगायतका युवाको महत्वपूर्ण भूमिका छ । त्यसैकारण पनि यस पटक पुनः वडा सभापति बनाउन युवा पंक्तिले लिम्बूलाई साथ दिएका छन् । पार्टीलाई चलयमान र अझै दर्बिलो बनाउन पुनः वडा सभापतिमा आफ्नो दाबी रहेको उहाँको भनाई छ । सबैको साथ र सहयोगले वडासभापतिमा सर्वसम्मत हुनेमा उहाँ आशाबादी हुनुहुन्छ । ‘कामको मूल्यांकन गर्ने हो भने पार्टीको हितमा प्रकाश जति खट्ने कोही छैनन्’ एक क्रियाशिल सदस्यले भने–‘हरेक काममा अग्रपंक्तिमा खटिने गरेका छन् ।’ सामाजिक कार्यलगायतमा सक्रिय लिम्बू सबैका प्रिय पात्र हुनुहुन्छ । इमान्दार छबीका कारण पनि उहाँ अधिकांश कार्यकर्ताको रोजाईमा पर्ने गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय