उर्लाबारी । नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोड भएको छ ।
ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै आक्रमण र तोडफोड भएको छ । सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताउनुभयो । उर्लाबारी–४ का कुमार लिम्बूलगायतको समूहले आक्रमण र तोडफोड गरेको ओली समूहका एक नेताले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय