उर्लाबारी । डी’इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्टमा नयाँ शैक्षिक सत्रका लागि भर्ना पूर्व बुकिङ सुरु गरिएको छ ।
उर्लाबारीस्थित उक्त कलेजले होटल तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै पूर्व बुकिङ खुला गरेको जनाएको छ । कलेजका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा जोड दिइनेछ ।
कलेजले व्यावहारिक तालिम, क्यारियर काउन्सिलिङ तथा इन्टर्नशिपका अवसरहरू उपलब्ध गराउने बताएको छ । यसले विद्यार्थीलाई अध्ययनसँगै प्रत्यक्ष कार्य अनुभव हासिल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । होटल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको कलेजले समयमै सिट सुरक्षित गर्न इच्छुक विद्यार्थीलाई पूर्व बुकिङ गर्न अनुरोध गरेको छ ।























