उर्लाबारी । नेपाल तरुण दल उर्लाबारीको आधाकारिक नगरसभापतिमा नारायण सिटौलाले दाबी गरेपछि नेपाल तरुण दल उर्लाबारीले विज्ञप्ति प्रकाशन गरी भ्रामक र कुण्ठित मनसाय भएको जनाएको छ ।
२०७५ माघ १६ गते बृहत भेलाले उर्लाबारी–३ का रोहित कार्कीलाई तरुण दल उर्लाबारीको सभापति चयन गरिएको थियो । नेपाली कांग्रेसका मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्ग फागो, नगरसभापति बीरबल थापा, तरुण दलका जिल्ला नेताहरुको सभापतिमा भएको भेलाले कार्कीलाई सभापतिमा चयन गरेको उल्लेख छ । सिटौला पुनः नगरसभापतिमा फर्किए भन्ने भ्रामक र कुण्ठित मनसाय दिई पत्रकार सम्मेलन गरेको तरुण दल उर्लाबारीको ठहर छ । सिटौलाले २०७४ सालको स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा कहिँ कतै सहयोग नगरेको र पटक पटक म कांग्रेस रहनन् भन्दै आएपछि पार्टी चलायमान र संगठन सुद्धिकरण अपरिहार्य रहेकाले २०७५ माघ १६ गते शहिद दिवसको अवसरमा सर्वसम्मत कार्कीलाई नगरसभापतिमा चयन गरिएको विज्ञप्तिमा जनाइएको छ । आधिकारिक सभापतिको नाममा कोही भ्रममा नपर्न पनि तरुण दलले अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय