उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्वमा टिके प्रथा र मनोमानीविरुद्ध विरोध गरेको युवा नेता कुमार लिम्बूले प्रष्ट पार्नुभएको छ ।
नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोडका बारेमा कुराकानी गर्दै युवा नेता लिम्बूले पार्टीमा योगदान पु¥याउने भन्दा पनि टिके प्रथाबाट नेतृत्व चयन गर्ने प्रयास भएको र त्यसको विरोध मात्र गरेको प्रष्ट पार्नुभएको हो । नेकपा एमाले माधब समूहले तोडफोड र आक्रमण गरेको आरोप लगाइएको भएपनि ओली समूहकै असन्तुष्ट पक्षले तोडफोड गरेको खुलेको छ । लिम्बूले पूर्वी कमाण्डसँग कुराकानी गर्दै आफुले तोडफोड र आक्रमण नगरेको दाबी गर्नुभयो । युवा साथीभाईहरुलाई पार्टीले उपेक्षा गरेपछि असन्तुष्टी पोखेको भएपनि कसले तोडफोड गरेको भन्ने विषयमा आफुलाई थाहा नभएको उहाँले जानकारी दिनुभयो । ‘हामीले टिके प्रथा र मनोमानीको विरोध जनाएको हो, तोडफोड र आक्रमण गरेको होइन’ उहाँले भन्नुभयो । ओली समूहमा सक्रिय युवा नेता लिम्बू भन्नुभयो–‘एमाले कसैको पेवा होइन, सबैलाई समेट्नु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय