काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ५५५ र एन्टिजेन विधिबाट ४ हजार ४८७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ३६५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ५० हजार २२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ५० हजार ६४५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० जना रहेको छ ।

हालसम्म १५ लाख ४८ हजार ८०३ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८०७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय