काठमाडौँ । झापा जिल्लामा साउन १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

बिहीबार बसेको डीसीएमसीको बैठकले पछिल्लो समय कोरोना संक्रमण तथा संक्रमणका कारण बढेको महामारीको जोखिमलाई ध्यानमा राख्दै साउन १६ गते राती १२ बजेदेखि २३ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक बाहेकका सवारीदेखि हाट बजारलगायत सबै निषेध गर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार पूर्वनिर्धारित परीक्षामा सहभागी हुनेलाई परीक्षार्थीहरुकाे आवगमनका लागि भने सहजिकरण गर्ने जनाइएको छ । जिल्लामा काेराेना फैलावट बढ्दाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय