झापा। कमल गाउँपालिका स्थित पूर्वपश्चिम राजमार्गको चुलाचुली चोकमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी–३ चन्दनेका ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मे ३ प ९४४९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्व आउँदै गरेका थापालाई बसले दिउँसो १ बजेतिर ठक्कर दिएको थियो ।

थापाको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बस र सोका चालक उर्लाबारी नगरपालिका–७ बस्ने सपतलाल धिमाल पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय