उर्लाबारी उद्योग वाणिज्य संघको ३३ औँ वार्षिक चुनावी साधारणसभा यही भदौँ ३१ गते हुँदैछ । निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता समेत भएको छ ।
संघको ३ वर्षे नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएकाले यतिखेर उर्लाबारी निर्वाचनको माहोलले तातिएको छ । उम्मेद्वारी मनोनयन दर्तासँगै उम्मेद्वारहरु मतदाता रहेका उद्योगी व्यवसायीसँग पुग्न थालेका छन् । संघको वार्षिक साधारणसभा भदौँ ३० गते र मतदान भदौँ ३१ गते बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म हुँदैछ । यसैक्रममा संघको वर्तमान कार्यसमिति सदस्य पदमा रहेर काम गरिसक्नुभएका उर्लाबारी नगरपालिका ७ बरगाछीका कुशल व्यवसायी यज्ञबहादुर बस्नेत (भिरगाउँले) संघको वाणिज्य सचिव पदको लागि उम्मेद्वार बन्नुभएको छ । संघको वर्तमान कार्यसमिति सदस्य पदमा रहेर सफलतापूर्वक कार्य गरेकाले पनि वाणिज्य सचिवमा भिरगाउँलेको चर्चा चुलिएको छ । २०२६ सालमा धनकुटाको भिरगाउँमा जन्मनुभएका बस्नेत दुई वर्षको उमेरमा परिवारसहित बसाई सरेर २०२८ सालमा साविक राजघाट ३ मा आउनुभयो । हाल उहाँ उर्लाबारी – ७ बरगाछीमा बसोबास गर्दै आउनुभएको छ । २०४६ सालदेखी २०५२ सालसम्म नेपाल प्रहरीमा समेत रहेर सेवा गर्नुभएका बस्नेतले २०५२ सालमा ढाका टोपीबाट व्यवसाय सुरु गर्नुभएको हो । बस्नेतले यातयात, रेष्टुरेन्ट, खाजा घर, मसला उद्योग लगायतका व्यवसाय गरिसक्नुभएको छ भने हाल भिरगाउँले कन्ट्रक्सन प्रालि स्थापना गरेर निर्माण व्यवसाय क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । साथै डेढ बिगाहा क्षेत्रफलमा पोखरी बनाएर माछा पालन समेत गर्दै आउनुभएको छ । ग्रामिण बचत तथा ऋण सहकारी संस्था उर्लाबारी ९ को कार्यसमिति सदस्य, उर्लाबारी उवासंघको वर्तमान कार्यसमिति सदस्यसहित बिभिन्न सामाजिक संघसंस्थामा समेत बस्नेत क्रियाशिल हुनुहुन्छ । २०५२ सालदेखी हालसम्म २६ वर्ष निरन्तर व्यवसायिक क्षेत्रमा क्रियाशिल रहेकै कारण बस्नेतको वाणिज्य सचिव पदमा चर्चा चुलिएको हो । म २६ वर्षदेखी व्यवसायमा सक्रिय छु, यहाँका व्यवसायी उद्योगीको समस्याका विषयमा म जानकार छुँ, बस्नेतले भन्नुभयो – त्यसैले व्यवसायीको आवाजलाई निर्णायक क्षेत्रमा पुर्याएर समाधान गर्ने मेरो सोच छ । उम्मेद्वारी दर्ता गरेर मतदाता रहेका उद्योगी व्यवसायीसँग पुग्दा उहाँहरुले दिनु भएको माया र सुझाबले बस्नेतलाई उत्साहित बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय