मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) – आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले काम गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) – पढाइलेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरूलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । मायाप्रेमका कोपिला फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पदीय दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् ।

कर्कट (ही, ही, हे, हो, डा, डी, डु, डे, डो) – आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । प्रतिस्पर्धीहरूले काममा अवरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछिपर्नु हुनेछ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) – दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो, रमाइलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्षित हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण काम आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति भएर जानेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) – स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईंदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछिपरेको भान हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) – रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरूभन्दा एक कदम अगाडि बढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरूको प्रयोग गर्न पाउँदा मन प्रफुल्लित हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) – पढाइलेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनि ध्यान जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सुु, से, सो, दा) – साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा सुधार हुने तथा प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रशन्न रहनेछन् । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) – ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटा साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्याले सताउन
सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय