अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षको लागि नदीजन्य सामग्री उत्खनन, संकलन र निकासी ठेक्काको लागि प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले यसबर्षको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)  गरेर नदीजन्य सामग्री उत्खनन, संकलन र निकासीकालागि प्रक्रिया अगाडि बढाएको हो ।

गत आर्थिक बर्ष नगर क्षेत्रका नदी ठेक्का नलाग्दा नगरको करोडौं रुपैयाँ राजश्व गुमेको थियो । आन्तरिक आम्दानी गुमेपछि नगरको गतबर्षको बिकासका योजना प्रभावित बनेसंगै नगरले यस बर्ष समयमै ठेक्का प्रक्रियाको काम अगाडि बढाएको हो ।

नगर क्षेत्र भएर बग्ने बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलामा उत्पादित सामग्रीको उपयोग गरेर राजश्व संकलन गर्ने योजनामा नगरपालिका रहेको छ ।  नगरले बिरिङ खोलाको ७ र टाङटिङ खोलाको ५, ठुलोनेते खोलामा ५ स्थानमा उत्खनन गर्न पाइने बताएको छ । बिरिङ खोलाबाट ९३ हजार, र टाङटिङ खोलाबाट ७९ हजार ५० र ठूलो नेतेबाट १४ हजार घनमिटर सामग्री संकलनकालागि नगरले ३ करोड ३५ लाख ८४ हजार न्यूनतम अंक निकालेको हो ।

अघिल्लो बर्ष पनि नदीजन्य सामग्रीको ठेक्का नलाग्दा यस बर्ष उत्खननको विषयमा नगरपालिका समयमा नै लागि परेको नगरप्रमुख हरिकुमार रानाको भनाई छ । नगरपालिकाले असोज १ गतेदेखि उत्खनन गर्न अनुमति दिने उद्देश्यले ठेक्का प्रक्रिया शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पवित्रा निरौला, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला समुदायका प्रतिनिधि, प्राविधिकलगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय