उर्लाबारी । बी डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र एनी स्पोर्टसबीच सम्झौता भएको छ ।
शुक्रबार क्लबका अध्यक्ष रुवेन राई र एनीका सञ्चालक सन्तोष थोप्रा लिम्बूबीच सम्झौता भएको हो । एनीले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सीलगायतका सम्पूर्ण स्पोर्टस किट प्रदान गर्ने भएको प्रशिक्षक सञ्जिब बुढाथोकीले जानकारी दिनुभयो । सम्झौता अनुसार चर्च ब्वाइजलाई एक वर्षका लागि एनीले सम्पूर्ण स्पोर्टस किट प्रयोजन गर्ने उल्लेख छ । क्लबका क्यापटेन योगेश गुरुङ, प्रशिक्षक बुढाथोकीलगायतको पनि उपस्थिति रहेको थियो । झापाको शिवसताक्षी–९ दुधेमा रहेको एनी स्पोर्टस्ले जर्सीको नेपाली उत्पादन लगायतका अन्य सामग्री उत्पादन गर्दै आएको छ । बी डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले मोरङको उर्लाबारीमा बन्द प्रशिक्षण गरिरहेको छ । ए डिभिजनमा उक्लिने गरी तयारी गरिरहेको प्रशिक्षक बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय