काठमाडौं, नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले केरेला महिला लिग २०२२ मा केरेला युनाइटेट एफसीलाई ११–० ले पराजित गरेको छ ।

बुधबार उद्घाटन खेलमा सावित्राले एक्लै पाँच गोल गरिन् । यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक गोल गरे ।

पहिलो खेलमा पाँच गोल र दुई असिस्ट गरेकी सावित्रा प्लेयर अफ दी म्याच घोषित भइन् । सावित्राले खेलको ३, ९, २७, ३५ र ५७ औं मिनेटमा गोल गरेकी थिइन् । उनी ६०औं मिनेटमा मैदान बाहिर भइन् ।

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ । सावित्रासँगै नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य दीपा न्यौपानेले केरेला लिग खेल्नेछिन् । डन बस्को फुटबल एकेडेमीमा अनुबन्ध दीपा आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय