उर्लाबारी । मोरङको उर्लाबारीमा युथ–१४ फुटबल प्रतियोगिता हुने भएको छ ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा जेठ २१ गतेदेखि सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बारेमा आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।। उर्लाबारीका संस्थागत र सामुदायिक गरी २५ विद्यालयको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार तथा द्वितीय हुनेलाई नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि विशाल तामाङको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराइयो । प्रतियोगिताबाट खेलाडी छनौट गरी युथ १४ को एकाडेमी सञ्चालन गर्ने तयारी गरिएको क्लबका सचिब घनश्याम भण्डारीले जानकारी दिनुभयो । उर्लाबारी–६ को हाटखोला, उर्लाबारी–८ को दुर्गापुरी र उर्लाबारी–२ को सालबारीमा प्रशिक्षण सञ्चालन गरिने उहाँको भनाई छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७ लाख ३१ हजार ७ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा दिउँसो २ बजेदेखि सो प्रतियोगिता सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, रेफ्री संघ मोरङका महासचिब मनोज तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय