चर्चित वक्ता तथा गायक रमेश प्रसाई र नन्दा सिंह वैवाहिक बन्धनमा बाँधिएका छन्। सोमबार उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विवाह भइरहेको छ।मेचीनगर–१० काँकरभिट्टास्थित निवासमै आज बेहुली भित्राउँदै छन्। विहान ९ बजे काँकरभिट्टाबाटै ३ वटा गाडीमा जन्ती लिएर उनी धरान गएका थिए। बेहुलीलाई उनले काँकरभिट्टाकै घरमा आज बेलुका भित्राउने छन्। धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा हो।

घरमा बुवा, आमा र भाइबहिनीहरु बस्दै आएका छन्। विवाहको वैदिक विधि पूरा गर्नका लागि काँकरभिट्टास्थित आफ्नै छिमेकी पण्डित हेमन्त अधिकारीलाई धरान लगिएको छ। जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो। निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो। अपरान्ह सवा १ बजे जन्ती टोली विवाहस्थलमा पुगेको छ। धरान उद्योग वाणिज्य संघको हलमा वैवाहिक कार्यक्रम राखिएको छ।

वेहुली नन्दा सिंह काठमाडौंबाट विवाहका लागि धरान आएर आफन्तको घरमा बसेकी थिइन्। समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ। उनले हालसालै गाएको ‘रिंकी बुन्को रागोलाई’ बोलको ‘कभर संङ्ग’ लोकप्रिय बनेको छ।

दृष्टिविहीन भए पनि उनको ज्ञान, बोल्ने शैली र क्षमताबाट मानिसहरु प्रभावित छन्। उनी दोहोरीमा पनि अब्बल छ्न्। नन्दा पनि दृष्टिविहीन हुन्। उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी छन्।बाल्यकाकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय