
उर्लाबारी । उर्लाबारी नगरपालिकाले वितरण गरेको कोरोना विरुद्धको खोपमा विभेद गरेको भन्दै निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सन उर्लाबारीले आपत्ति जनाएको छ ।
प्याब्सन उर्लाबारी नगरकमिटीले आज पत्रकार सम्मेलनको आयोजना गरी बिरोध जनाएको हो । खोप वितरणमा स्वास्थ मन्त्रालय र सरकारको घोषणा बिपरित उर्लाबारीमा सरकारी विद्यालयका शिक्षकलाई मात्रै खोप वितरण गरिएकोमा आपत्ति जनाईएको नगरअध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । जेष्ठ नागरिक, अत्यावश्यक सवारी चालक, तोकिएका ब्यक्तिबाहेक कर्मचारी एवं विश्व विद्यालय र विद्यालयका शिक्षक भनिएकोमा उर्लाबारी नगरले सूचना प्रकाशित गर्दा शिक्षक को बुँदामा सामुदायिकका मात्रै भनेर सूचना प्रकाशित गरेकोमा आपत्ति जनाउँदै विज्ञप्ति प्रकाशित गरेको छ । कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य लेखनाथ भट्टराई , प्रदेश सह–सचिबव केदार खनाल, प्रदेश सदस्य भुवन श्रेष्ठ, नगर अध्यक्ष सुरेन्द्र सुवेदी, सचिव दिनेश पोख्रेल लगायतको सहभागिता रहेकोे थियो । प्याब्सन अन्तरगत उर्लाबारीमा ७ सय ७५ जना शिक्षक कार्यरत रहेका छन् । यता नगरपालिकाले भने खोपमा कसैलाई विभेद नगरी तोकिए बमोजिम वितरण भएको दाबी गरेको छ ।