३१ श्रावन २०७७, शनिवार

भक्तपुर — मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्र आइतबारदेखि १० दिनसम्म व्यवसाय र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाईएको छ ।
नगरपालिकाले शनिबार विज्ञप्ति जारी गर्दै नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्चालन साउन ३२ देखि भदौ ९ गतेसम्म निषेध गर्ने जानकारी गराएको हो । नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरु बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न पाइने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय